Saturday, July 13, 2024

दोधारा चाँदनीमा झण्डै ७ लाख बराबरको अबैध मोटरसाईकल पाटपुर्जा बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनीमा वेवारिसे अवस्थामा रहेको मोटरसाईकलका पाटपुर्जाहरु प्रहरीले बरामद गरेको छ् । ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट गएको गस्ती टोलीले दोधारा चाँदनी नगरपालिका– ९ हुरदैया टोलमा वेवारिसे अवस्थामा रहेको अबैध मोटरसाईकलका पाटपुर्जाहरु बरामद गरेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् ।

आज बिहान ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम प्रकाश चौधरीको कमाण्डमा गएको गस्ती टोलीले हुरदैया टोलबाट वेवारिसे अवस्थामा झण्डै रु। ६ लाख ३९ हजार ५ सय ५० रुपिँया बराबरको बिल, बिबरण नभएको मोटरसाईकलका पाटपुर्जाहरु बरामद गरेको हो । बरामद मोटरसाईकलका पाटपुर्जालाई आजै भन्सार कार्यालय गड्डाचौकी पठाईएको प्रहरी निरिक्षक होम प्रकाश चौधरीले बताउनुभएको छ् । बरामद गरिएको मोटरसाईकलका पाटपुर्जा भारतबाट तस्करी भएको हुनसक्ने आंकलन गरिएको छ् । बरामद समानको अनुसन्धान भईरहेको प्रहरीको भनाई रहेको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार