Saturday, July 13, 2024

मन्त्र अस्पतालको एकैदिन ३ वटा सामाजिक उत्तरदायित्व कार्य

प्रकाशित:

महेन्द्रनगर । विश्वभर मनाइने विश्व रक्तदाता दिवस कञ्चनपुरमा रक्तदान गरेर मनाइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा रहेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरको आयोजना र माछापुच्र्छे बैक लिमिटेडको सह आयोजना नेपालरेडक्रस सोसाईटी कञ्चनपुर शाखा र एसएनएससी ईको क्लबको सहयोगमा शुक्रवार रक्तदान कार्यक्रम गरेर मनाएको हो ।

२० औ विश्व रक्तदाता दिवस २०२४ को उपलक्ष्यमा यो कार्यक्रम गरिएको र १२ जनाले रक्तदान गरेर सहयोग गरेको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर डा।गोविन्द रोकायाले बताउनु भयो । उक्त कार्यक्रममा मन्त्र अस्पतालका कर्मचारी, माछापुच्र्छे बैकका कर्मचारीहरु, राजनितिक दलका प्रतिनिधीहरु लगायतको टिमले रक्तदान गर्नुभएको छ ।

रक्तदाताको हेमोग्लोबिन, ब्लड प्रेसर, चेकजाँच गरे मात्रै रक्तदान गरिएको उहाँले बताउनु भयो । पछिल्लो समयमा शल्यक्रिया बढी गर्नु पर्ने भएकाले त्यसमा आवस्यक पर्ने रगतको अभाव हुन नदिन यो कार्यक्रमको आयोजना गरिएको र रगतको अभाव हुन नदिन पनि यो कार्यक्रमले टेवा पुय्राउने विश्वास लिएको उहाँले बताउनु भयो ।

यसैगरी आजकै दिनमा मन्त्र अस्पतालले निशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । फलोरिडा ईन्टर नेस्नल बोर्डिङ स्कुलमा रहेका १ सय ५० जना छात्रछात्राहरु, विद्यालयका कर्मचारीहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । विद्यार्थीहरुमा कान कम सुन्ने, आँखाको हेर्ने शक्तिमा कमी, पेट दुखाई,टाउको दुख्ने समस्या पिशावको समस्या लगायतको निशुल्क स्वास्थ्य चेकजाँच गरिएको मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर डा।गोविन्द रोकायाले जानकारी दिनुभयो ।

यस्तै, मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टर कञ्चनपुर र माछापुच्र्छे बैक लिमिटेड कञ्चनपुर शाखा विच सम्झौता भएको छ । बैँकमा खाता भएका सदस्यहरुलाई मन्त्र अस्पतालले उपचारमा छुट दिने दुवै संस्था विच सम्झौता भएको हो । माछापुच्र्छे बैक लिमिटेड महेन्द्रनगर ब्रान्चका म्यानेजर पुजा विष्ट र मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका अध्यक्ष कैलाश चन्द्र भट्टले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

अस्पतालमा भर्ना गर्नेदेखी विभिन्न स्वास्थ्य सेवामा बैँकमा खाता भएका सदस्यहरुलाई उनिहरुको उपचारमा केही प्रतिशत छुटको व्यवस्था गर्नेगरी दुवै पक्षबिच सम्झौता भएको छ । मन्त्र अस्पतालका मेडिकल डाईरेक्टर डा। गोविन्द रोकायले पहिलो पटक बैँक संग सम्झौता गरिएको र बैँकमा रहेका सदस्यहरुलाई अस्पतालमा विषेश छुट दिने बताउनु भयो ।सदस्यहरुले उपचार गर्न आउँदा आफुसंग भएका एटिएम कार्ड, चेक देखाएर आफनो स्वास्थ्य जाँच छुटमा गर्न सक्ने व्यवस्था गरिएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार