Wednesday, July 24, 2024

भीमदत्त नगरको रबैया बिरुद्ध क्रान्तिकारी कम्युनिष्ट पाटीको संघर्षको चेतावनी

प्रकाशित:

महेन्द्रनगर । मोहन बैद्य (किरण) नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पाटीले भीमदत्त नगरपालिकाको रबैया बिरुद्धमा संघर्षको चेतावनी दिएको छ ।

भीमदत्त नगरपालिकाले मातहत रहेको नगर विकास समितिको अतिक्रमित जमिन हटाउने विषयमा ठुलालाई छुट साना मजदुरमाथि धरकपट गर्ने कार्य गरेको भन्दै संघर्षको चेतावनी दिएको हो ।

अतिक्रमण रोकेपछि पाटीको जिम्मेबार युवा संगठनले नगरविकास समितिमा लगाएको तालाको विषयमा छलफल नै नगरेर नविसका पदाधिकारीले प्रहरी लगाएर ताला तोडेको भन्दै यस्तो हर्कत नगर्न चेतावनी दिएको छ ।

क्रान्तिकारी कम्युनिष्ट पाटीका इन्चार्ज बिक्र्रान्त र संयोजक शितलले हस्ताक्षर गरेको विज्ञप्तीमा अराजनीतिक हर्कत नगर्न र अवैध संरचना भत्काउन माग अघि सारेकोे छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार