Saturday, July 27, 2024

कुतियाकवरमा जैविक तटबन्ध निमार्ण कार्यमा एनएनएसडब्लुएले सघाउने

प्रकाशित:

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियावकर बस्तीलाई जोगाउन जैविक तटबन्ध निमार्ण कार्य सुरु गरिएको छ् । महाकाली र जगबुढा नदीले वर्षायाममा कटानी तथा डुवान गर्ने भएको हुदा कञ्चनपुरको सीमावर्ती बस्ती कुतियाकवरको महाकाली र जगबुडा नदीमा जैविक तटबन्ध निर्माण सुरु गरिएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दोधारा चाँदनी नगरपालिका कार्यपालिकाले बिनियोजन गरेको रकम रु। ३ लाखले निमार्ण कार्य अघि बढाईएको हो । उपभोक्ता समिति गठन गरि जैविक तटबन्ध निमार्ण कार्य अघि बढाईएको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर विपद् व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर सुनारले बताउनुभएको छ् । महाकाली नदी र जगबुडा नदीको दोभानमा रहेको कुतियाकवर बस्ती बाढीको अत्यन्तै जोखिममा रहेको टेक बहादुर सुनारले बताउनु भएको छ् ।

महाकाली नदीले धार परिवर्तन गरि बस्तीमा सोझिएको उहाँले बताउनुभएको छ् । कुतियावकर बस्ती क्षेत्रमा विपद्को उच्च जोखिम रहेको स्थानमा जैविक तटबन्ध निर्माण शुरु गरिएको बताईएको छ् । बस्तीमा कटानी तथा डुवान हुने सम्भावित स्थानमा जैविक तटबन्धका लागि डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरले समेत निमार्ण कार्यमा सघाउने तयारी भईरहेको स्थानियबासी ऐन बहादुर सुनारले बताउनुभएको छ् । यस वर्ष वर्षा बढी भएको खबरले स्थानियहरुमा त्रास बढेर आएको उहाँले बताउनुभएको छ् ।

महाकाली नदीको बेगलाई थेग्न जैविक तटबन्ध निमार्ण कार्य प्रयाप्त नभएको उहाँको भनाई रहेको छ् । महाकाली नदी र जगबुडा नदीको निशानामा रहेको कुतियावकर बस्ती तटबन्ध नभएका कारण बर्सेनि दर्जनौ स्थानियहरु ज्यान जोगाउदै सडक र सुरक्षित स्थलमा बस्ने गर्दैै आएका छन् । महाकाली नदीको अत्यन्तै जोखिममा रहेका नैन सिंह सुनार, तुल बहादुर सुनार, कर बहादुर सुनार, खेम बहादुर सुनार र बम बहादुर सुनारका घरहरु रहेका छन् । कुतियाकवर सीमा बस्ती करिब ५० बिघा क्षेत्रफलमा फैलिएको छ् ।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले कुतियावकर बस्तीलाई बाढीबाट जोगाउन पुर्वतयारी प्रतिकार्यको लागी थुप्रै कार्य हुदै आएको बताउनुभएको छ् । गत वर्ष दोधारा चाँदनी नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुरको सहयोगमा जैविक तटबन्धले केही जग्गाहरु नदीको कटानीबाट बचाउन सफल भएको उहाँले बताउनुभएको छ् ।

पक्की तटबन्ध निमार्ण नभएको अवस्थामा जैविक तटबन्ध निमार्णले केही हद सम्म भुक्षय रोक्न सहयोग हुने नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभएको छ् । ‘जैविक तटबन्ध निमार्ण कार्यमा हामी सहयोगको लागी तयार छौ’ नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताउनुभयो । वर्षायाममा हरेक वर्ष कुतियाकवर डुबानको चपेटामा पनि पर्छ् ।

दातृ निकाय नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र निड्स नेपाल कञ्चनपुर र दोधारा चाादनी नगरपालिकाको सहयोगमा कुतियाकवरमा ‘सेफ हाउस’ निर्माण कार्य अन्तिम चरणमा छ् भने विपद् व्यवस्थापन समितिलाई लाइफ ज्याकेट, बोट लगाएत उद्धार सामग्री समेत उपलब्ध गराईएको छ् । यस्तै डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र दोधारा चाँदनी नगरपालिकाले विपद् पुर्व तयारी प्रतिकार्यका लागी महाकाली नदीमा पानीको सतह मापन यन्त्र, ओंमकार आधारभुत बिद्यालयमा स्मार्ट सायरन लगाएत यन्त्रहरु जडान गरेको छ् । बाढी आउदा हुने क्षति कम गर्न र तत्काल उद्धार तथा व्यवस्थापनमा स्थानिय प्रशासन, गैरसरकारी संस्था सक्रिय भए पनि दीर्घकालीन रुपमा बस्ती जोगाउने गरी योजना बनाउन खासै पहल नभएको स्थानियहरुको गुनासो रहदै आएको छ् ।

ताजा समाचार

सम्बन्धित समाचार