Saturday, July 27, 2024

सुदूरपश्चिमका नवनियुक्त मन्त्री भाटको पहिलो निर्णय यस्तो छ

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमका नवनियुक्त सामाजिक विकास मन्त्री ओमबिक्रम भाटले प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने निर्णय गरेका छन् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सोमबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका मन्त्री भाटले पदभार ग्रहण गर्दै मन्त्री भाटले सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले नियन्त्रण गर्न आचारसंहिता बनाउने निर्णय गरेका हुन् ।

खसगरी प्रदेशका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य कार्यहरुलाई नियन्त्रण गर्ने सम्बन्धी आचार संहिता निमार्ण गरिने निर्णयमा उल्लेख गरिएको छ ।

त्यसका लागि मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनार संयोजक रहनेगरि तीन सदस्यीय आचारसंहिता निर्माण समिति समेत बनाइएको छ । समितिको सदस्यमा शाखा अधिकृत भुवन जोशी र अधिकृत छैटौ बिन्दु चटौत रहेकी छन् ।

यसैबीच, मन्त्री भाटले बजेट निर्माणको अन्तिम चरणमा पुगेको अवस्थामा जिम्मेवारी प्राप्त गरेको भन्दै जनता र प्रदेशका पक्षमा बजेट बनाउन प्रयास गर्ने बताएका छन् । भाटले धेरै विलम्ब भइसकेपनि जनपक्षीय बजेट ल्याउन सक्दो भूमिका खेल्ने बताएका हुन् । उनले बजेटकै विषयमा छलफल गर्न मंगलबार मन्त्रालयका कर्मचारीको बैठक समेत बोलाएका छन ।

ताजा समाचार

सम्बन्धित समाचार