शान्ति पुनर्स्थापना गृहको आह्वानस मानव बेचबिखन विरुद्धको अभियानू भन्ने मूल नारा सहित जनचेतनामूलक कार्यक्रम गरिएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलडाँडीका परामर्शदाता जमुना सिंहले जानकारी दिनुभयो । कार्यक्रममा शान्ति पुनर्स्थापना गृहका प्रदेश संयोजक सञ्जीत सिंहले विद्यार्थी, अभिभावक सहितका सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो ।
जनचेतनामूलक कार्यक्रममा बोल्दै बेलडाँडी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष गज बहादुर बिष्टले मानव बेचबिखन तथा ओसारपसार, बाल विवाह, महिला हिंसा र लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने बताउनु भयो । स्थानीय तहले त्यसका लागि आवश्यक व्यवस्थापन गर्ने उहाँले प्रतिबद्धता जनाउनु भएको छ । त्यस क्रममा सरस्वती मावि झरना सागरका सहायक प्रधानाध्यापक राधाकृष्ण पाठकले विगत भन्दा पछिल्लो दशकमा बाल विवाहमा उल्लेख न्यूनीकरण भए पनि महिला हिंसा र लागुऔषध दुर्व्यसन न्यूनीकरण चुनौतीपूर्ण देखिएको बताउनु भयो ।
त्यस्तै बेलडाँडी गाउँ कार्यपालिका सदस्य गौरीदेवी उपाध्यायले समाजमा देखिएका विकृति न्यूनीकरणका लागि सबैले हातेमालो गर्न जरुरी रहेको र जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । इलाका प्रहरी कार्यालय बेलडाँडीका सई मोहन बहादुर सिंहले समाजमा हुने यस्ता घटनाबारे कुनै जानकारी प्राप्त भएमा प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभयो । शान्ति पुनर्स्थापना गृह मानव बेचबिखन तथा ओसारपसार विरुद्ध मिति २०५० साल माघ ४ गते जिल्ला प्रशासन कार्यालय ललितपुरमा विधिवत् रूपमा दर्ता भई केन्द्रीय कार्यालय गोदावरी नगरपालिका १२ ठेचोमा अवस्थित छ ।
उक्त संस्थाले मानव बेचबिखन तथा ओसारपसार विरुद्धको अभियानमा लागि मानव बेचबिखन जस्तो जघन्य अपराधको पहिचान गर्दै मानव बेचबिखन विरुद्ध खडा भई यस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्नको लागि प्रयास गर्दै आइरहेको छ । उक्त संस्था एउटा गैरसरकारी संस्था होस जसले नेपालमा मानव बेचबिखन विरुद्धमा सक्रिय भई सङ्घर्ष गर्दै आइरहेको करिब ३० वर्ष पुगिसकेको छ । शान्ति पुनर्स्थापना गृह मानव बेचबिखन तथा ओसारपसार विरुद्ध नेपालका विभिन्न जिल्लाहरू कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, धनुषा लगायतका जिल्लाहरूमा क्षेत्रीय कार्यालय, शाखा कार्यालय, उप शाखा कार्यालय, सम्पर्क कार्यालयहरू स्थापना गरी सीमा क्षेत्रमा सीमा निगरानी कार्यक्रम र अन्य जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगर अन्तर्गत रहेको सम्पर्क कार्यालय बेलडाँडीले कञ्चनपुरको दक्षिणी सिमानाका बेलडाँडी क्षेत्रमा त्यहाँको स्थानीय तह, प्रहरी प्रशासन, स्थानीय समाजसेवी बुद्धिजीवीहरूसँग सहकार्य गरी विगत २ वर्ष अगाडीबाट सिमानाकामा आफ्नो सूचना तथा परामर्श सेवा केन्द्र नभएता पनि सम्बन्धित सरोकारवाला सम्पूर्ण निकायहरूसँगको सहकार्यमा आफ्नो सीमा निगरानी कार्यक्रमका साथै अन्य जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । पि.आर.सि. शाखा कार्यालय महेन्द्रनगरमा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा रहेका र विभिन्न हिंसाबाट प्रभावितका लागि अल्पकालीन सुरक्षित आवास गृहको व्यवस्था रहेको छ भने हाल पि।आर।सि।ले बेलौरी नगरपालिकासँग सहकार्य गरी कञ्चनपुरको दक्षिणी भू-भागको लागि पनि सुरक्षित आवास गृह सञ्चालनमा ल्याएको छ ।
पि.आर.सि. सिमानाकामा मात्र सीमित नरहेर भारतमा पनि विभिन्न प्रकारको जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई उद्धार गरी उनीहरूको क्षमता विकास पश्चात् पारिवारिक पुनर्मिलन र पुनर्स्थापना गर्दै आएको छ भने हिंसा प्रभावित महिला तथा बालबालिकाहरूलाई आयआर्जन मूलक सेवा पनि प्रदान गर्दै आएको छ । त्यसै गरी उक्त संस्थाले स्थानीय तहसँग सहकार्य गरी जनसमुदायमा बाल विवाह, महिला हिंसा र लागुऔषध दुर्व्यसन न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको शान्ति पुनर्स्थापना गृहका प्रदेश संयोजक सञ्जीत सिंहले जानकारी दिनुभयो ।