बेलडाँडीका बडघर-भलमन्सालाई कानुनी मान्यता प्रदान

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले बडघर–भलमन्सा प्रथाजन्य ऐनलाई कार्यान्वयनमा ल्याएको छ । बडघर–भलमन्सा संरक्षण प्रवर्द्धन र विकास गर्न २०८० ऐनलाई कार्यान्वयनमा ल्याउन उनीहरूलाई तालिम सहित प्रमाणपत्र र सम्मान गरेको छ ।

गाउँपालिकाले जारी गरेको बरघररभलमन्सा ऐन, २०८० को दफा ८ ९३०र ७ ९ख० र ८ ९ख० बमोजिम छनौट भएका ३० जनालाई संविधान सभा सदस्य तथा प्रदेश सदस्य दिवान सिंह बिष्टद्वारा स(धन्यवाद सहित प्रमाण(पत्र प्रदान गरिएको बेलडाँडी कानुन मामिला इकाई प्रमुख दिपक सिंह बिष्टले जानकारी गराउनु भयो ।

उहाँका अनुसार बडघररभलमन्सा तथा गुरूवा भर्राहरूलाई पालिकाको सभाहलमा प्रमाणपत्र वितरण तथा सम्मान गरिएको जनाउनु भयो । गाउँपालिकाले बनाएको ऐनले कानुनको अधिनमा रहेर झैँझगडा मिलाउने, पीडितले न्यायका लागि अनुरोध गरेमा गाउँमा छलफल गराउने, मेलमिलापका लागि सहजीकरण गर्ने, विवाद मिलाउँदा कानुनअनुसार क्षतिपूर्ति भराउन सक्ने अधिकार समेत भलमन्सालाई प्रदान गरिएको जनाए ।

वडाअध्यक्ष तथा जनप्रतिनिधिहरूले समाजमा सुशासन कायम गर्नका लागि शुभकामना ब्यक्त गरेका थिए । समुदायमा भलमन्साले गर्ने निर्णयले अब कानुनी मान्यता पाउने अध्यक्ष हरिश्चन्द्र रानाले बताए । समुदायमा सदियौँदेखि प्रचलनमा रहेको काम, कर्तव्य र अधिकारलाई ऐनमा राखेर कार्य गर्न सजिलो हुने बताउनु भयो ।

प्रमुख अतिथि बिष्टले सम्मानित हुने सबैमा धन्यवाद ज्ञापन गर्दै समुदाय रूपान्तरणमा यहाँहरूको भुमिका अहम् हुने बताउनु भयो । पालिकाद्वारा आयोजित कार्यक्रमको संचालन स्वास्थ्यकर्मी महेश खत्रीले गरेका थिए भने कार्यक्रम संयोजन पुरूषोतम जोशी र दिपक बिष्टले गरेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार