Wednesday, July 24, 2024

निङलाशैनी माविका प्रअ पन्तलाई शिक्षा पुरस्कार

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको एक सामुदायिक विद्यालयका प्रद्यानाध्यापकलाई सम्मान एव शिक्षा पुरस्कार प्रदान गरिएको छ ।भीमदत्त नगरपालिका-१८ गोबरैयामा रहेको निङलाशैनी माध्यामिक विद्यालयलका प्रद्यानाध्यापक भवानी प्रशाद पन्तलाई सम्मान एव शिक्षा पुरस्कार प्रदान गरिएको हो ।

प्रअ पन्तलाई प्रधानाध्यापक संघ नेपाल(पान) केन्द्रीय समितिले उत्कृष्ठ शिक्षा पुरस्कार ०२४बाट सम्मानित गरेको छ । शनिबारदेखि काठमाण्डौँमा शुरु भएको प्रधानाध्यापक संघ(नेपाल) पानको राष्ट्रिय सम्मेलन उद्घाटन समारोहमा सुप प्रदेशबाट प्रअ पन्तलाई उत्कृष्ठ शिक्षा पुरस्कार ०२४बाट सम्मानित गरेको हो ।

प्रअ पन्तलाई प्रतिनिधी सभाका उपसभामुख ईन्द्रीरा रानाले पुरस्कार हस्तान्तरण गरेकी थिईन । प्रअ पन्तले यस अघि ०७१मा शिक्षक सेवा पदक र ०७९मा प्रबल जनसेवा श्री पुरस्कार पाएका थिए ।

सामुदायिक शिक्षाको गुणस्तर सुधारमा भूमिका निर्वाह गरेको भन्दै प्रअ पन्तलाई यस अघि सरकारी निकाय र अहिले निजी क्षेत्रबाट पुरस्कार सम्मान पाईएको छ । पुरस्कार सम्मानले कार्यरथ क्षेत्रमा थप जिम्मेबारी थपिएको प्रअ पन्तको भनाई छ ।

ताजा समाचार

सम्बन्धित समाचार