Saturday, July 27, 2024

निःशुल्क शितलचिनिको बिउँ सहकारीलाई वितरण

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार एंवम कौसिबारीका अभियन्ता धन सिह धामीले शितलचिनिको बिउँ निशुल्क वितरण गरेका छन । भीमदत्त नगरपालिका –४ महेन्द्रनगर आफ्नै निवासको कौसीबारीमा ड्रागनफल,शितलचिनि लगायत फलफुल तरकारीको उत्पादन गरेर उदाहरणीय काम गरेका धामीले शितलचिनिको बिउँ निशुल्क वितरण गरेका हुन ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भीमदत्त नगरपालिका १८ गोबरीयामा रहेको निङ्ग्लाशैनि बहुउद्देश्यीय सहकारी संस्था लि। सहकारीलाई एक प्याकेट बिउँ वितरण गरेका छन । धामीले सहकारीका कार्यकारी प्रमुख प्रेम सिह भाटलाई शितलचिनिको बिउँ निशुल्क हस्तान्तरण गरेका छन । सहकारीका कार्यकारी प्रमुख भाटले धामीको यस कार्यलाई उच्च सम्मानको साथ धन्यवाद व्यक्त गर्दै कर्मचारी,सदस्य लगायत अन्य लगाउन चाहने कृषकहरुलाई निशुल्क बिउँ वितरण गर्ने बताएका छन ।

कृषि क्षेत्रमा सानै कौसिबारीबाट भए पनि कृषि क्रान्तिमा युवाहरुको भुमिका हुनुपर्छ भन्ने हेतुले युवाहरुलाई प्रेरित गर्दै कृषक प्रोत्साहन अभियानमा लामो समय देखि लागेका धामीले आफ्नो बारीमा लगाएका विभिन्न तरकारी,फलफुलका विरुवा निशुल्क रुपमा दिदै आईरहेका छन । कौसीबारीका अभियन्ता धामीले भीमदत्तनगर पुरानो बसपार्कबाट कौसिबारीमा लगाएका बिउँ बितरण कार्यक्रम सञ्चालन गर्दै आईरहेका छन । उनले कृषिमा आत्मनिर्भर बन्न सके भारतबाट आयात हुने बिषदी तरकारी, फलफुल रोक अभियान सफल हुने छ भन्ने अभिप्रायले उक्त अभियानको शुरुवात गरेको बताउछन ।

अभियन्ता धामीले यस भन्दा पुर्व विद्यालय,सहकारी तथा व्यक्तिहरुलाई विभिन्न फलफुलका विरुवा निशुल्क रुपमा बाड्दै आएका छन भने भीमदत्त नगरपालिकाको वडा नं।१,४,११,१२,१३,१४,१६, र दोधाराचाँदनी नगरपालिका वडा नं।१,५,६ मा शितलचिनिको बिउँ वितरण गरेका थिए ।

कौसी कृषि क्रान्ति अभियन्ता धामीले अहिलेसम्म कसैको अनुदान नपाएर नै आफ्नो कार्य निरन्तर जारी रहेको बताउदै आउदा दिनमा पनि थप उत्साहको साथ कार्यलाई निरन्तरता दिने बताएका छन । अधिकांसले कृषिखेतीका नाममा तीनै सरकारबाट अनुदान लिने खाने गरेको भएपनि कृषिमा निरन्तर काम गरीरहेकाहरुले सम्बन्धित निकायबाट सहुलियत पाएका छैनन्

 

ताजा समाचार

सम्बन्धित समाचार