Saturday, July 13, 2024

विपन्न परिवारलाई नगर प्रमुख ओझाद्वारा खाट वितरण

प्रकाशित:

महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका ११ अमरपुरको एक विपन्न परिवारलाई खाट वितरण गरिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले शुक्लाफाँटा ११ का बद्री कोलीको परिवारलाई बिहीबार दुई वटा खाट वितरण गरेका हुन् ।

भुइमै सुतेर रात काट्नुपर्ने अवस्थाको अन्त्यका लागि कोलीको परिवारलाई खुई वटा खाट वितरण गरिएको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले बताए ।

“भुइमै सुतेर रात काट्नुपर्ने अवस्था रहेछ । सो अवस्थाको अन्त्यका लागि सुत्नको लागि खाट सहयोग गरेको हुँ,”नगर प्रमुख ओझाले भने ।

गरिब,विपन्न परिवारलाई नगरपालिकाले सहयोग गर्दै आएको नगर प्रमुख ओझाले बताए । खाट पाएपछि बद्री कोलीको परिवार खुसी भएको छ ।

उनी लगायत श्रीमती र छोराछोरीकोे मानसिक सन्तुलक समेत ठिक छैन । यसअघि उनको घर मर्मतका लागि समेत सहयोग संकलन गरिएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार