Saturday, July 13, 2024

कञ्चनपुरका विभिन्न स्थानबाट अवैध सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका बिभिन्न स्थानबाट अवैध सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय बेलौरीले, १ लाख ५१ हजार ५ सय, इलाका प्रहरी कार्यालय गड्डाचौकीले, ५० हजार, प्रहरीचौकी परासनले, ९४ हजार,८ सय प्रहरीचौकी पचुईले १६ हजार ४ सय ८० र अस्थाइ प्रहरी पोस्ट मझगाउँले ८ हजार ७ सय गरि करिब ३ लाख २१ हजार ४ सय ८० बराबरको भन्सार छलीको मिश्री, गुड, पेय पदार्थ, लेडिज र जेन्स कपडा, भारतीय नम्वर प्लेटको मोसा थान १, ब्रुस, विषादी,सुर्ति, धागो, विष्कुट, चक्लेट लगायतका सामानहरू बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताएका छन्।

 

ताजा समाचार

सम्बन्धित समाचार