महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका १ नम्बर वडाले आगामी आर्थिक बर्षका लागि योजना तर्जुमा तथा वडा भेला गरेको छ ।
सोमबार बेलडाँडी गाँउपालिका १नम्बर वडा कार्यालयले आगामी आर्थिक बर्ष ०८१÷०८२का लागि योजना तजर््मा तथा वडा भेला कार्यक्तम गरेको हो । बेलडाँडी गाँउपालिका १का वडा सदस्य श्याम रावलले आगामी बर्षका लागि योजना छनौट प्रकृया अनुरुप टोल,बस्ती हुँदै वडा भेला गरेको बताए ।
वडा भेला एव कार्यक्रममा वडा सदस्य गौरी पाध्यायले स्वागत मन्तव्य राख्दै वडाकै वजेटबाट जनताका माग सम्बोधन गर्न नसकिने भएकाले वडा भेलाबाट पालिका, प्रदेश र संघीय सरकारमा थप योजना माग गरिने बताए । बेलडाँडी गाँउपालिका १का वडाध्यक्ष गज बहादुर विष्टले चालु आर्थिक बर्ष ०८०÷०८१मा सम्पन्न भएका योजना विवरण सार्वजनिक गर्दै आगामी आर्थिक बर्षका लागि समेत विकास निर्माणका योजना अघि सार्ने बताए ।
वडाध्यक्ष विष्टले वडाको एकीकृत विकासका लागि पालिका, प्रदेश र संघीय सरकारसंग माग गरेरै भएपनि विकास निर्माण अघि बढाउने बताए । बेलडाँडी १ वडा कार्यालयका सचिव सचिव राज बहाद्ुर शाहले वडाको आन्तरिक आयस्रोतको प्रतिवेदन सार्वजनिक गर्दै आन्तरिक आय बृद्धिमा जोडदिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाँउपालिका उपप्रमुख शान्ति नाथले वडाबाट आएका योजना पालिकाले छनौट गरेर प्राथमिकताका आधारमा आफैलेदेखि माथिल्ला सरकार निकायमा माग गरेर समग्र बेलडाँडीको विकास गरिने बताए । कार्यक्रमका बिशिष्ठ अतिथि बेलडाँडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर ऐरले बस्ती, वडास्तरबाटै आएका योजना प्रशासनिक रुपमा कार्यान्वयनमा जोडदिए ।
कार्यक्रममा वडाका स्थानीय सहभागिहरुले वडाको चौतर्फि स्थायी बृद्धि विकासका जोडदिएका छन । दिगोपना आउने गरेका योजना अघि सारेर वडाको विकास गर्नुपर्ने सुझाव दिएका छन । स्थानीयले भौतिक पूर्वाधार सहित विकास निर्माण, वन वातावरण, सहितका वडाबासीको सीप विकासका योजना अघि सार्नुपर्ने माग अघि सारेका छन ।