Wednesday, July 24, 2024

एमालेले सुदूरपश्चिममा तीन जिल्लाको अधिवेशन गर्न अझै मिति तोक्न सकेन

प्रकाशित:

महेन्द्रनगर । नेकपा एमालेले सुदूरपश्चिममा अझै तीन जिल्लाको अधिवेशनको मिति तोक्न सकेको छैन्। एमालेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जेठ मसान्तभित्र अधिवेशन सकाउनुपर्ने भएकाले अधिवेशन गर्न बाँकी जिल्लामा यही महिनाभित्र सक्न निर्देशन दिइएको छ।

‘जेठभित्र जिल्ला अधिवेशन सकाउने निर्देशन दिएकाले धमाधम भइरहेको छ,’ उनले भने, ‘अधिवेशन गर्न बाँकी जिल्लाहरुको यही महिनाभित्र सकाउँछौँ।’ उनका अनुसार सुदूरपश्चिममा अब तीन जिल्लाको अधिवेशन गर्न बाँकी छ। अछाम, बझाङ र डोटी जिल्लाको अधिवेशनको मिति तोक्न बाँकी नै छ।

 

ताजा समाचार

सम्बन्धित समाचार