दिपायल सुरुङमार्ग बनाउन साढे १३ अर्ब बजेट चाहिने

प्रकाशित:

महेन्द्रनगर । सडक विभागले ७ दशमलव शून्य १ किलोमिटर लामो खुटिया–दिपायल ९कैलाली–डोटी० सुरुङमार्गको संभाव्यता अध्ययन पुरा गरेको छ। आगामी आर्थिक वर्ष २०८१र८२ को बजेटमा सुरुङको कार्यान्वयन प्रक्रिया अघि बढाइने उल्लेख छ।

आर्थिक वर्ष २०७५र७६ को बजेट वक्तव्यमा संघीय सरकारले धनगढी–दिपायल सडकमा ‘सुरुङ–मार्ग’ निर्माण गर्ने विषय समावेश गरेको थियो। ‘खुटिया–वीपीनगर–दिपायल सडकलाई सर्वेक्षण गरी सुरुङ मार्ग निर्माण प्रारम्भ गरिने’ विषय बजेटमा उल्लेख थियो। आर्थिक वर्ष २०७७र७८ मा पुनः बिपिनगर–खुटिया–दिपायल खण्ड सुरुङ मार्गको अध्ययनका लागि भन्दै ५० लाख बजेट नै विनियोजन गरिएको थियो।

सडक विभागले भने संभाव्यता अध्ययनको काम पुरा भइसकेको बताएको छ। सो क्षेत्रको भु–बनोट, माटोको अवस्थालगायतको आधारमा सुरुङमार्ग बन्ने हो। तर अध्ययन अनुसन्धानको नाममा विनियोजन गरिएको बजेट खर्चे गर्ने काम मात्र भएको छ। तराई–पहाडलाई छोटो दूरीमा जोड्ने योजनासहित आर्थिक वर्ष २०६६र६७ बाट सो सडकको निर्माण थालिएको हो।

सुरुमा खुटिया–वीपीनगर–दिपायल जोड्ने गरी ८२ किलोमिटरबाट थालिएको योजना अहिले धनगढी ९हसनपुर० देखि खुटियासम्म पनि थपिएको छ। सो सडकलाई सुदूरपश्चिममा ‘समृद्धिको सेतु’को रुपमा पनि व्याख्या गरिँदै आएको छ। सडकको दूरी घटाउन र सहजताका लागि सुरूङ बनाइने गरिन्छ।

बीपीनगर–खुटिया–दिपायल खण्डमा सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन तयार गरिने सरकारी लक्ष्यअनुसार अध्ययन भए पनि बजेटको टुंगो छैन्। राजनीतिक दबाबका भरमा बजेटले धान्नै नसक्ने गरी सुरुङमार्गहरूको सम्भाव्यता अध्ययन गरेर थन्क्याइएको छ।

गत आर्थिक वर्ष २०७९र८० मा अध्ययन सकिएको खुटिया–बीपीनगर–दिपायल सुरुङमार्ग अध्ययनमै सीमित छ। ७ दशमलव शून्य १ किलोमिटर दूरी रहेको उक्त सुरुङमार्गको थप काम अघि बढ्न सकेको छैन। सुरुङमार्ग निर्माण गर्न १३ अर्ब ४० करोड ७२ लाख लागत अनुमान गरिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार