Wednesday, July 24, 2024

बैतडीमा ट्रक दुर्घटना

प्रकाशित:

बैतडी । जयपृथ्वी राजमार्ग राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका ६ भञ्ज्याङमा ट्रक दुर्घटनामा परेको हो ।

धनगढीबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको ना.८ ख ४५३९ नम्बरको ट्रक शुक्रबार बिहान दुर्घटनामा परेको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो।

दुर्घटनामा परेर चालक पाटन नगरपालिका ८ का ३५ बर्षीय लोकेन्द्रसिंह मडै र ट्रकमा सवार कैलालीको गोदावरी नगरपालिका ४ का ४५ बर्षीय मदन महरा घाइते भएका छन्।

घाइते दुवै जनालाई उपचारका लागि धनगढी लगिएको छ । उनीहरूको अवस्था मध्यम रहेको केसीले बताउनुभयो ।
दुर्घटनाको कारण खुल्न नसकेको ट्रक सडकबाट २५ मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार