Saturday, July 27, 2024

भानु बहुमुखी क्याम्पसमा लागुऔषध दुव्र्यसन नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा रहेको भानु बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता भएको छ । भानु बहुमुखी क्याम्पसले लागुऔषध दुव्र्यसन नियन्त्रणमा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता गरेको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

भानु बहुमुखी क्याम्पसका प्राध्यापक डम्बरदत्त जोशीले लागु औषध दुव्र्यसन नियन्त्रण गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको बताए । उनका अनुसार प्रथम विनिता शर्मा, द्वितिय ईन्द्रा बयेक, तृतिय अशोक दत्त सुवेदी र सान्त्वनामा महेन्द्र खडका रहेका छन ।

उनीहरुलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्तमका प्रमुख अतिथि समेत रहेका भानु बहुमुखी क्याम्पस प्रमुख प्रकास चन्दले लागु औषध नियन्त्रणका लागि युवा विद्यार्थीको भूमिका अपरिहार्य रहेको बताए । निर्णायकमा प्राध्याकहरु ईश्वर बडू, कृष्ण ब। चन्द र पुरुषोत्तम पन्त रहेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार