Saturday, July 27, 2024

धनगढीको तापक्रम ४३.३ डिग्री, १२ वर्षयताकै उच्च

प्रकाशित:

महेन्द्रनगर । बुधबार देशभरमै सबैभन्दा धेरै धनगढीमा ४३.३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । जुन धनगढीका लागि १२ वर्षयताकै उच्च तापक्रम हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

धनगढीको हालसम्मकै धेरै तापक्रम १६ जुन १९९५ मा ४६।४ डिग्री मापन भएको थियो । जुन देशभरिकै अहिलेसम्मको उच्च तापक्रम हो ।

यतिबेला पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको तराई–मधेश क्षेत्र गर्मीको चपेटामा परेको छ । अत्यधिक गर्मीले विद्यालयहरु धमाधम बन्द भइरहेका छन् ।

यस्ते नजिकको सहर महन्द्रनगरमा पनि ताक्रम ४२ डिग्री आसपास पुगेको छ ।
मौसमविद्हरुका अनुसार पूर्र्वी तराई भन्दा पश्चिम तराईमा बढी तातो हावा आइरहेको छ ।

पश्चिम तराईको हावामा जलवाष्प नभएर त्यसो हुन लागेके मौसमविद् बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार