Saturday, July 27, 2024

पवनदुत यातायातले सञ्चालनमा ल्यायो सुपर एसी बस

प्रकाशित:

महेन्द्रनगर । पवनदुत यातायातले सार्वजनिक सुपर एसी बस सञ्चालनमा ल्याएको छ । यातायतले बुधबार देखि सुविधा सम्पन्न सुपर एसी बस सञ्चालनमा ल्याएको हो । । आजबाट प्रत्येक दिन कञ्चनपरुको महेन्द्रनगर देखि काठमाडौं जाने छ । भीमदत्त नगरपालिका–४ स्थित बसपार्क बाट आज देखि सञ्चालनमा ल्याएको हो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सञ्चालनमा ल्याउनु अघि विधिवत रुपमा उद्धघाटन गरिएको छ । पवनदुत्त सार्वजनिक यातायातको ब्राहसिङ्गा बस जसमा सुपर एसी, वाईफाई, सस्पेन्स, पानीको सुविधा, सिल्पर, वासरुम, एलईडी, प्रत्येक सिटमा चार्जर व्यवस्था भएको बस सञ्चालनमा ल्याएको हो ।

यात्रुहरुको सुविधालाई ध्यानमा राखेर सुपर एसी बस सञ्चालनमा ल्याएको पवनदुत सार्वजनिक यातायातका बरिष्ठ उपाध्यक्ष महेश प्रसाद बोहराले बताए उनले भने’, हालको लागि पाँचवटा बस सञ्चालनमा ल्याएको छ, सिल्परको व्यवस्था भएकोले लामो समय सम्म सिटमा बस्दा समस्या आउने यात्रुले सिल्पर सिटमा जान सक्ने छन् त्यसको लागि कुनै अतिरिक्त शुल्क लाग्ने छैन् ।’ र अरु साधारण बस भन्दा यसमा धेरै सुविधा भएकोले यात्रुहरुलाई यात्रा गर्दा सहज र आरामदायि सुविधा अनुभव हुनेछ ।’

लामो समय देखि सार्वजनिक यातायात सञ्चालन गर्दै आई रहेका व्यवसायी महेश बोहरा, देवीदत्त पन्त, विष्णु जोशी, दुर्गा दत्त भट्ट नरेश राज पन्त लगायतले सुविधा सम्पन्न ब्राहसिङ्गा सुपर एसी बस सञ्चालनमा ल्याएका हुन् । बसमा यात्रा गरी रहेका यात्रुले ‘आफुहरुले पहिलो पल्ट यस्तो सुविधा सम्पन्न गाडीमा यात्रा गरी रहेकोले आफुहरुलाई उत्सुक लागि रहेको बताए ।’ सिट भने सोफा स्टाईलमा रहेकोले बस्नको लागि आरामदायक भएको आजका यात्रुले बताए ।’

कार्यक्रमको उद्धघाटन समारोहको सभापतित्व पवनदुत सार्वजनिक यातायातका अध्यक्ष निरञ्जन बहादुर मल्ले गरेका थिए भने प्रमुख आतिथ्य जिल्ला समन्वय कार्यालय कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहरा रहेका थिए विशिष्ट अतिथीमा नेपाल यातायात राष्ट्रिय महासंघका उपाध्यक्ष डम्मर दत्त पन्त रहेका थिए भने कार्यक्रम सञ्चालन माधव भट्टले गरेका थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार