Saturday, July 27, 2024

कञ्चनपुरका सामुदायिक वनभित्र छिरे सिकारी समूह

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका सामुदायिक वनबाट तीन सय क्वीन्टल अबैध मासुसहित हतियार बरामद गरिएको छ। जिल्लाको कृष्णपुर नगर क्षेत्रका सामुदायिक वनमा सिकारीजन्य गतिविधि बढेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

सिकारी समूहबाट कृष्णपुर नगरपालिका–९ राजघाटको जानकी सामुदायिक वनबाट डेढ सय क्विन्टल चित्तलको मासुसहित घरेलु हातहतियार बरामद गरिएको हो। प्रहरीले विहिबार राति पिपरैयास्थित जानकी सामुदायिक वनबाट पनि पाँचवटा चित्तलको टाउकोसहित डेढ सय क्विन्टल वन्यजन्तुको मासु बरामद गरेको छ।

राति प्रहरी गस्ती टोलीले जंगलबाट चितल मारेर मासु गाउँमा ल्याउने क्रममा सिकारी समूहबाट मासुसहित घरेलु हतियार र एक मोटरसाइकल समेत बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले सिकारी समूहबाट से।१ प ४१११ नम्बरको एक थान मोटरसाइकलसहित मासु काट्न प्रयोग हुने हतियार बरामद गरिएको बताएका छन्।

सिकारी समूहलाई पक्राउ गर्ने क्रममा सुराकी समूहले एक राउण्ड गोली समेत चलाएको उनले बताएका छन्। तर कसैलाई पनि गोली नलागेको प्रहरीले जनाएको छ। बरामद गरिएको मासु, हतियार र अन्य सामग्री वन कार्यालयको जिम्मा लगाएको प्रहरीले बताएको छ।

प्रहरी गस्ती टोलीले सिकारी समूहको योजना विफल बनाउने प्रयास गरेको भए पनि गोली प्रहार गर्ने समूहको पहिचान भने हुन सकेको छैन्। बरामद गरिएको मोटरसाइकलका आधारमा सिकारी समुहको पहिचान गर्न सकिने गरी अनुसन्धान भइरहेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार