Saturday, July 27, 2024

कञ्चनपुरमा दुई लाख बराबरको अवैध सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट दुई लाख बराबरको अवैध सामान बरामद गरिएको छ। शुक्रवार (आज) इलाका प्रहरी कार्यालय गड्डाचौकीले अन्दाजी ५२ हजार ३५६ मूल्य, अस्थायी प्रहरी बिट मझगाउँले ४० हजार मूल्यको अवैध सामान बरामद गरेको छ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

यस्तै इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीले अन्दाजी ५६ हजार चार सय र अस्थायी प्रहरी पोस्ट आईबीआरडीले ४४ हजार पाँच सयगरी अन्दाजी एक लाख ९३ हजार २५६ मूल्यको अवैध सामान बरामद गरेको प्रहरीले जनाएको छ। बरामद गरेको दाल, मिस्रि, मटर, खुकुरी चुरोट, बिडी, तेल, सुर्ती लगाएतको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार