बुद्ध जयन्तीको अवसरमा हाम्रो भोजनालले खुवायो निशुल्क भोजन

प्रकाशित:

महेन्द्रनगर । बुद्ध जयन्तीको अवसरमा कञ्चनपुरको एक होटलले निःशुल्क भोजन खुवाएको छ । भीमदत्त नगरपालिका ४महेन्द्रनगरमा रहेको हाम्रो भोजनालयले निःशुल्क भोजन खुवाएको हो ।

शान्तिका दुत भगवान गौतम बुद्धका उपदेश अनुशरण गराउने उदेश्यका साथ निःशुल्क भोजन खुवाएको हाम्रो भोजनालयलका संचालक चक्र प्रशाद मिश्रले बताए ।

उनका अनुसार बिहान ८बजेदेखि दिउँसो १२ बजेसम्म निःशुल्क शुद्ध साकाहारी खाना खुवाईने छ । हाम्रो भोजनालयले बेला बेलामा विवित समाजिक कार्य गर्दै आएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार