रोयल्टी छली गर्ने टिप्पर नियन्त्रणमा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकाले चालु आर्थिक बर्ष ०८०÷०८१ मा नदीखोलाबाट अमानतमा ग्राभिल, ढुङ्गा संकलन गरिरहेको छ । बेदकोट नगरले ठेक्का नदिएर आफ्नै कर्मचारी राखेर रोयल्टी संकलन गरिरहेको छ ।

तैपनि टेक्टर, टिप्पर सवारी धनीहरुले रोयल्टी नै नकाटेर ग्राभिल, ढुङ्गा, नदीजन्य पदार्थ ओसारी रहेका छन । नदीजन्य पदार्थको रोयल्टी नतिरेरै खोलाबाट धमाधम ग्राभिल, वालुवा, ढुङ्गा, गिट्टी चोरी तस्करी भईरहेको छ । बेदकोट नगरका स्थानीय समेत रहेका रास्वपाका नेता तेज बहादुर ठगुल्लाले पालिका, तिनका कर्मचारी र ठेकेदारको मिलोमतोमा रोलल्टी छलेर नदीजन्य पदार्थ दोहन भईरहेको बताए ।

हामीले पटक पटक रोयल्टी नकाटेरै ग्राभिल ओसार्ने सवारी साधन नियन्त्रण गरेर प्रहरीलाई बुझाएका छौँ, ‘यस बारेमा पटक पटक नगरपालिकाको समेत ध्यानाकर्षण गराएका छौँ, कर्मचारीको संलग्नतामै रोयल्टी बिनै भईरहेको बेथिति बारे जानकारी गराउँदा समेत पालिकाले चासो नै राखेन, ‘उनले भने, ‘यसरी श्रृङखलाबद्ध रुपमा चोरी तस्करी गर्ने कार्य नरोकिएपछि हामीले पालिकाकै मिलोमतोमा रोयल्टी छली भईरहेको छ ।’

ठकुल्लाले रोयल्टी नकाटेरै खोलाबाट ग्राभिल ओसार्न लागेका दुई टिप्पर रास्वपा सहितका स्थानीय नेता कार्यकर्ताहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए । उनका अनुसार सुपप्र ०२–००१ख९५८ र से१क २६८ नम्बरको रोयल्टी नकाटेका टिप्पर सिसैया प्रहरी चौकीलाई बुझाएको बताए ।

रोयल्टी नकाटेका टिप्पर प्रहरीले नगरपालिकालाई बुझाउने तयारी अघि सारेको छ । बेदकोट नगरपालिकाले रोयल्टी नकाट्ने ठेकेदारबाट कुनैपनि जनप्रतिनिधी, कर्मचारीको मिलोमतो नभएको जनाएको छ । बेदकोट नगरका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले ठुलो क्षेत्र भएकाले कहिलेकाही टेक्टर, टिप्पर धनीहरुले लुकिछिपी जाने र कैफियत देखिएका घाटका कर्मचारी नै कार्बाहीमा परेको बताए ।

रोयल्टीमा जहाँ समस्या देखियो, त्यहाँका कर्मचारीहरुलाई हामीले कार्बाही पनि गरेका छौँ, ‘२ कर्मचारीलाई कार्बाही र उनीहरुबाट समेत छली रोयल्टी अशुलेका पनि छौँ, यस मानेमा कार्यालयको मितोमतो कुनै छैन ।’

 

 

 

ताजा समाचार

सम्बन्धित समाचार