Saturday, July 13, 2024

महाकाली नदीमा डुवेर बेपत्ता भएका बिष्णुको शव फेला

प्रकाशित:

दोधारा । महाकाली नदीमा डुवेर बेपत्ता भएका बिष्णु सुनारको शव फेला परेको छ् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी वर्ष अन्ताजी १६/१७ का बिष्णु सुनार नुहाउने क्रममा शनिवार दोधारा चाँदनी नगरपालिका– ९ ढकनाघाट नजिक महाकाली नदीमा डुवेर बेपत्ता भएका थिए ।

साथीहरु संग नुहाउने क्रममा महाकाली नदीमा डुवेर बिष्णु सुनार वेपत्ता भएका थिए । बेपत्ता भएको खबर पाउन साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्य जारी राखेका छन् ।

आज नदीमा डुवेका स्थान ढकनाघाटबाट झण्डै ४ किलोमिटर दक्षिण महाकाली नदी र जगबुडा नदीको दोभान नजिक महाकाली नदीमा तैरिरहेको अवस्थामा बिष्णु सुनारको शव फेला परेको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहर निरिक्षक होम प्रकाश चौधरीले जानकारी दिनुभएको छ् । बेपत्ता भए संगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको खोज उद्धार टोलीले महाकाली नदीमा खोजी कार्य जारी राखेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार