महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा परिचयात्मक कार्यक्रम गरेको छ ।
आइतबार बेलडाँडी गाँउपालिका २मा रहेको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा परिचयात्मक कार्यक्रम गरेको हो ।

बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा नवनियुक्त चिकित्सक डा।देवेन्द्र सिह नेगीको स्वागत एव परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा बेलडाँडीका जनप्रतिनिधीले नवनियुक्त भएका डा।नेगीलाई जनताको स्वास्थ्य सेवामा खटिन आब्हान गरेका छन । डा. देवेन्द्र सिह नेगीले पाएको जिम्मेबारी अनुरुप जनताको स्वास्थ्य सेवामा खटिने प्रतिबद्धता जाहेर गरेका छन ।

बेलडाँडी गाँउपालिका २का वडाध्यक्ष एव प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष नारद सिह उ¥यालको अध्यक्षतामा भएको कार्यक्तममा गाँउपालिका प्रमुख हरिशचन्द्र राना प्रमुख अतिथि रहेका थिए । बिशिष्ठ आतिथ्यमा शान्ति नाथ, प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर ऐर सहितका कर्मचारी, जनप्रतिनिधी, स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो ।
