Sunday, July 21, 2024

कञ्चनपुरमा ५० हजार ८ सय ७० मूल्य बराबरको अवैध सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरका दुई स्थानबाट अवैध सामान बरामद गरिएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाडी र बेलौरी नगरपालिका–२ बैजुडाडार दिनापुरबाट भारतबाट भन्सार छलि गरि ल्याएका समान बरामद गरिएको हो ।

५० हजार आठ सय ७० मूल्य बराबरको प्याज, चिनी, पेय पदार्थ, इलाष्टिक, चक्लेट, गुड, लेडिजकुर्ता, धोती, पाईन्ट लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार