दोधारा । महाकाली नदीमा डुवेर एक किशोर बेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी वर्ष अन्ताजी १६/१७ का बिष्णु सुनार नुहाउने क्रममा दोधारा चाँदनी नगरपालिका– ९ ढकनाघाट नजिक हिजो अबेर साँझ महाकाली नदीमा डुवेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम बहादुर चौधरीले जानकारी दिनुभएको छ् ।

साथीहरु संग नुहाउने क्रममा महाकाली नदीमा डुवेर वेपत्ता भएको प्रहरीको भनाई रहेको छ् । बिष्णु सुनार नुहाउने क्रममा बेपत्ता भएको खबर पाउन साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्य जारी राखेका छन् । ‘नदीमा डुवेको खबर पाउना साथ हामीले खोजी जारी राखेका छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम बहादुर चौधरीले भने ।

समाचार तयार पारुञ्जेल नेपाल प्रहरी र सशस्त्र प्रहरीको खोज उद्धार टोलीले बेपत्ता भनिएका बिष्णु सुनारको खोजी कार्य जारी राखेको हो ।
