धनगढी । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको पिकनिकमा प्राध्यापकहरूले कुटाकुट भएको छ । शनिवार खानीडाँडा पिकनिकका लागि पुगेका प्राध्यापकहरूको बिचमा बिवाद भएपछि कुटाकुटको स्थितिसम्म पुगेको हो। कुटेको भन्दै प्रहरीमा समेत निवेदन परेको छ।
क्याम्पसका प्राध्यापक विकास गौतमले आफू खाई रहेको बेला उनमाथि तारा नगरका लेखापाल कमल बडुवालले आक्रमण गरेको भन्दै प्रहरीमा निवेदन दिएका हुन्। घोडाघोडी बहुमुखी क्याम्पसको वनभोजमा राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीसमेत थिए।
बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका केही प्राध्यापकको बडुवा तथा करारमा रहेकाहरूको अस्थायी भएको खुसियालीमा उनीहरूले पिकनिकका लागि खानीडाँडागएका थिए। सोही पिकनिक कार्यक्रममा प्राध्यापकहरूले मदिरासमेत सेवन गरेपछि आपस्मा विवाद भएको हो।
बहुमुखी क्याम्पसका उपप्राध्यापक टीका भट्ट, लेखापाल सिद्धराज न्यौपाने र राष्ट्रिय मावि तारा नगरका लेखापाल कमल बडुवाल र शिक्षक विजय शाहीको कुटपिटबाट आफ्नो आँखा र घुँडामा चोट लागेको हुँदा गौतमले प्रहरीमा निवेदन दिएका हुन्। घोडाघोडी बहुमुखी क्याम्पस प्रमुख लक्ष्मी प्रसाद भट्टराईले भने सामान्य विवाद मात्र भएको तर्क गरेका छन्।