जब कञ्चनपुरको एक सामुदायिक वनमा सिकारीले गस्ती गएको प्रहरीमाथि नै चलाए गोली…

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा मृग मार्न जंगल गएको एक समुह प्रहरीमाथि गोली चलाएको छ । कञ्चनपुरको कृष्णपुर–९ जानकी सामुदायिक वन पिपरिया क्षेत्रमा बुधबार मृगमार्न जंगल छिरेका सिकारीहरुको समुहले गस्ती गएको प्रहरी टोली माथि आक्रमणार्थ एक राउण्ड गोली चलाएको प्रहरीले जनाएको छ । यद्यपी उक्त गोली कसैलालाई नलागेको जनाइएको छ ।

उक्त सामुदायीक वन क्षेत्रमा चोरी तस्करीका सर–समान भित्र्याउने गरेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली गस्ती गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए ।

सिकारीहरुले उक्त सामुदायिक वन क्षेत्रमा चार ओटा मृग मारेको पाइएको छ । उक्त ठाउँबाट मृगको ४ टाउको, १५६ केजी चित्तलको मासु चक्कु सहित से १ प ४१११ नम्बरको मोटरसाइकल बरामद गरिएको छ ।

तस्करहरु १२/१३ जना रहेको बताइएको छ । उनीहरू मोटरसाइकलमा भागेर फरार भएका छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार