Saturday, July 27, 2024

मझगाँउ विमानस्थल पुनःसन्चालन समिती: ५ दिनभित्र काम सुचारु गर्न नदिए धैर्यताको बाँध फुट्छ

प्रकाशित:

महेन्द्रनगर । मझगाँउ विमानस्थ पुनःसन्चालन समितीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाण्डौ, भीमदत्त नगरपालिका कार्यालय, दोधारा चाँदनी नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

बुधवार मझगाँउ विमानस्थल पुनःसन्चालन समितीले जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र बुझाएको मझगाँउ विमानस्थ पुनःसन्चालन समितीका सचिव राजेन्द्र चन्दे बताउनु भयो । विभिन्न बाहना बनाएर यस क्षेत्रका नागरिकहरुको विकासमा कोशेढुङगा सवित हुने महेन्द्रनगरको विमानस्थल निर्माण कार्यमा रोक नलागाउन तथा विकास निर्माणका काममा सहजिकरण गर्न सम्बन्धीत निकायलाइ ध्यानाकर्षण पत्र मार्फत अनुरोध गरिएको छ ।

साथै सबै अवरोधलाई अन्त्य गरी विमानस्थल निर्माणको कामलाई सुचारु गराउनका लागी आवस्यक पहल तथा समन्वय गरीदिन र अब का ५ दिन भित्रै विमानस्थल निर्माण कार्य विना कुनै रोकटोक सुचारु होस भन्ने चाहना रहेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । साथै उक्त क्षेत्रमा गैर कानुनी रुपमा लिएको जग्गाधनी पूर्जा समेत बदर गरी विमानस्थल निर्माणका लागी मार्ग प्रस्सत गर्न अनुरोध गरिएको छ ।

विकासका नाममा वर्षैदेखी जनतालाई ललिपप बाड्ने कार्य अब कदापी सीवकार्य नहुने पनि ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । मंगलवार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले फेरी मझगाँउ विमानस्थलको काम रोकेको थियो । एकबर्ष अघि देखि निकुञ्जको कोर एरिया भन्दै रोकेको निकुञ्जले फेरीपनि काम रोकेको छ ।

निकुञ्जले रोकेको एक बर्षपछि मझगाँउ विमानस्थल पुन संचालन समितिको अगुवाईमा सोमबार डोजर लगाएर काम शुरु गरेको भोलीपल्टै निकुञ्जले विभिन्न सरकारी निकायमा पत्र नै काटेर रोकेको हो । ३१ बैशाखमा रेन्जर पद दिएर नेपाल नागरिक उड्यान प्राधिकरणलाई पत्र नै काटेर निकुञ्जको कोर र मध्यवर्ती क्षेत्रमा कुनैपनि काम नगर्न नगराउन आदेश अनुरोध गरेको छ ।

१ जेठमा निकुञ्ज निमित्त बरिष्ठ संरक्षण अधिकृत प्रमोद कुमार यादवले हस्ताक्षर गरेको पत्रमा राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सरक्षण विभागलाई पत्र नै काटेर उक्त क्षेत्रको भोगाधिकार प्रांप्त नगरेको र वातावरणी प्रभाव मुल्याङकन समेत नभएको राय पेश गर्दै काम रोकेको छ । फेरीपनि निकुञ्जले विकास निर्माणका काममा अवरोध बाधा उत्पन्न गरेको भन्दै मझगाँउ विमानस्थल पुन संचालन समितिले घोर भत्र्सना जाहेर गरेको छ ।

समितिका सचिव राजेन्द्र चन्दले निकुञ्ज प्रशासनबाट विभागकै पत्र उलङघन गर्दै व्यक्तिवादी शासन चलाउने काम गरेको भन्दै त्यस बिरुद्ध नागरिक सडकमा आउने चेतावनी दिए । उनले अब वडादेखि केन्द्रीय ससद जनप्रतिनिधीसम्मसंग राखेर खुला बहस गरिने र त्यसबाट थप आन्दोलनका कार्यक्रम गर्ने बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार