Saturday, July 27, 2024

दोधारा चाँदनीका जेष्ठ नागरिकको एक टोली सुुदूरपश्चिमका धार्मिक तिर्थस्थल प्रस्थान

प्रकाशित:

पप्पु गुरुङ्ग, दोधारा । दोधारा चाँदनी नगरपालिकाका जेष्ठ नागरिकको एक टोली सुुदूरपश्चिमका बिभिन्न धार्मिक तिर्थस्थलको लागी प्रस्तान गरेको छ् । दोधारा चाँदनी नगरपालिकामा रहेको राष्ट्रिय जेष्ठ नागरिक समाजको एक टोली शुदुरपश्चिमको बैतडी र डडेल्धुरामा रहेका बिभिन्न तिर्थस्थलको भ्रमणको लागी आज दोधारा चाँदनी नगरपालिका कार्यालयबाट प्रस्तान भएको छ् ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

राष्ट्रिय जेष्ठ नागरिक समाजको २० जनाको टोली बैतडी र डडेल्धुराको बिभिन्न धार्मिक स्थल भ्रमणको लागी आज बिहान दोधारा चाँदनी नगरपालिकाबाट प्रस्तान भएको दोधारा चाँदनी नगरपालिका उपमेयर गंगा देबी जोशीले जानकारी दिएका छन् । धार्मिक तिर्थस्थलका भ्रमणका लागी प्रस्तान गरिएका २०स् जना जेष्ठ नागरिकलाई आज बिहान नगरपालिका कार्यालयबाट उपमेयर जोशीले बिदाई गरेका थिए ।

चालु आर्थिक वर्षमा दोधारा चाँदनी नगरपालिका कार्यपालिकाले राष्ट्रिय जेष्ठ नागरिक समाजलाई आन्तरिक धार्मिक स्थलको भ्रमणको लागी रु। १ लाख रकम बिनियोजन गरेको हो । सो कार्यक्रम अनुसार २० जेष्ठ नागरिकको टोली बैतडी र डडेल्धुराको बिभिन्न धार्मिक स्थल भ्रमणको लागी प्रस्तान गरेको उपमेयर गंगा देबी जोशीले बताएका छन् । ‘जीवनको उत्तरार्धमा पनि घुम्न पाईएला र शुदुरपश्चिमको विभिन्न धार्मिकस्थलको दर्शन गरिएला भन्ने कल्पना पनि गरेको थिएन,’ एक जेष्ठ नागरिकले भने, ‘अव कतिबेला बैतडी र डडेल्धुरामा पुगेर धार्मिक स्थलको हेरुला र अन्य धार्मिक तथा पर्यटकियस्थलमा पनि पुगौंला भनेर खुल्दुली भएको भएको छ ।’

जिवनको उत्तरार्धमा नजिकको सरकारले वृद्धवृद्धालाई सम्झेकोको राष्ट्रिय जेष्ठ नागरिक समाज दोधारा चाँदनीका अध्यक्ष कृष्ण बिहारी पन्तले बताए । बैतडी र डडेल्धुराको त्रिपुरा सुन्दरी, जगनाथ मन्दिर, उग्रतारा मन्दिर लगाएत धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम तय गरिएको राष्ट्रिय जेष्ठ नागरिक समाज दोधारा चाँदनीका अध्यक्षपन्तले बतएका छन् । शुदुरपश्चिम क्षेत्रकै धार्मिक स्थलको दर्शन गर्न जान पाएकोमा आफू सहित सबै वृद्धवृद्धाहरु खुसी भएको राष्ट्रिय जेष्ठ नागरिक समाज दोधारा चाँदनीका सचिवव गणेश रावलले बताएका छन् ।

जेष्ठ नागरिकलाई देवता सरह सम्मान दिनुपर्छ भन्ने सन्देश दोधारा चाँदनी नगरपालिकाको रहेको भन्दै उपमेयर गंगा देबी जोशीले यसले परिवार र समाजमा पनि खुसियाली ल्याउने विश्वास व्यक्त गरे । यो भ्रमणले वृद्धवृद्धाहरुलाई धार्मिकस्थलको भ्रमण यात्राका लागि विदाई गर्दै उपमेयर जोशीले जिवनको उत्तरार्धमा भएको भ्रमणले उनीहरुमा सकारात्मक उर्जा थपिने बताए । वृद्धवृद्धालाई जिवनको उत्तरार्धमा मेरो कोही छैन भन्ने भावना नराख्न आग्रह गर्दै उनले भने, ‘तपाईंहरुको साथमा हामी छौं । नगरपालिका छ् ।’

ताजा समाचार

सम्बन्धित समाचार