Saturday, July 27, 2024

कञ्चनपुरमा लागुऔषधसहित ७७ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषधसहित ७७ जना पक्राउ परेका छन्। लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा संलग्न ७७ जना पक्राउ परेका हुन्। चरेस र लागूऔषधसहित कञ्चनपुर प्रहरीले तीन महिनायता ७७ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा ८ महिला समेत छन्। पक्राउ परेकाहरुलाई कारबाहीका लागि कानुनी दायरामा ल्याएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज (मंगलबार) आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी गराएका हुन्।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रहरीले फागुनमा लागूऔषध मुद्दामा ३०, चैतमा २४ र वैशाखमा २३ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरुबाट प्रहरीले ६ सय ८० ग्राम चरेस र ९३ ग्राम खैरोहिरोइनसमेत बरामद गरेको छ। ‘कञ्चनपुर कारागारमा ३५ प्रतिशतभन्दा कैदीबन्दी लागूऔषध मुद्दाका छन।

प्रहरी उपरीक्षक जोशीले भने, प्रहरीले विभिन्न मुद्दामा अदालत र प्रशासनबाट कैद, जरिवाना भएर फरार रहेका एक सय १३ अभियुक्तलाई समेत पक्राउ गरी कानुनी दायरामा ल्याएको छ। प्रहरीले फागुनमा ४३, चैतमा २९ र वैशाखमा ४१ फरार अभियुक्तलाई पक्राउ गरेको हो।

कञ्चनपुर प्रहरीले तीन महिनायता नेपाल–भारत सीमानाकाबाट ४९ जनाको उद्धार गरेको छ। हराएका ९७ जनामध्ये ६२ जना फेला परेको प्रहरी उपरीक्षक जोशीले बताए। ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत बाल विवाह न्युनीकरण, लागूऔषध दुव्र्यसन, देहत्याग न्युनीकरणलगायतका कार्यक्रम जारी छन, उनले भने। प्रहरीले तीन महिनाको अवधिमा भारतबाट भन्सार छली गरी नेपाल ल्याएको एक करोड ५९ लाख मूल्यको सामान बरामद गरी भन्सार कार्यालय गड्डाचौकीको जिम्मा लगाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार