महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा इमर्जेन्सी सेल्टर हाउस निर्माण कार्यको बिहीबार सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले शिलान्यास गर्नुभएको छ ।
इमर्जेन्सी सेल्टर हाउस वडा नं। २ मा रहेको बसपार्क नजिक निर्माण हुन लागेको हो । आपत्कालीन अवस्थामा समेत बस्न मिल्ने गरी भवन निर्माण गरिन लागेको बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथले बताउनु भयो । आपत्कालीन अवस्था सिर्जना भयो भने पालिका भित्र त्यस्तो भवन समेत नरहेकाले यो कार्य अघि बढाइएको उहाँको भनाइ छ ।
उक्त भवन निर्माण कार्यका लागि सङ्घीय परियोजना कार्यान्वयन एकाइबाट बजेट विनियोजन गरिएको छ भने बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको पि।एन।बि। डेभलपर्स प्रा। लि।निर्माण कम्पनीले भ्याट बाहेकको ५८ लाख ५४ हजार ९ सय ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको जनाइएको छ । २०८१ असार मसान्त भित्र निर्माण कार्य सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ ।