Friday, May 17, 2024

कैलालीका विभिन्न ठाउँबाट अवैध सामान बरामद

प्रकाशित:

धनगढी । कैलालीका विभिन्न ठाउँबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–३ चटकपुर, धनगढी–७ बेली बजार, टीकापुर नगरपालिका–७ विस्णु कान्ति चोक र टीकापुुर–९ झुँगा स्थित भित्री सडक खण्डबाट भन्सार छलिको सामान बरामद गरेको छ।

भारतबाट भन्सार छलि ल्याएका अन्दाजी दुुई लाख २१ हजार चार सय ७० मुुल्य बराबरको प्याज, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली, सुटपिस, सिद्रा माछा, ई– रिक्सा, मिटर बक्स,नल्काको डोल्ची, पाना बक्स, टि–सकेट, सकेट, डिटिसि वाल, तरभुजा लगायतका सामान बरामद गरेको प्रहरीले जनाएको छ।

सोमवार प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएको सामान कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार