नगरपालिका–४ बाट चार लाख बढीको भन्सार छलिको सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । भीमदत्तबाट प्रहरीले भन्सार छलिको सामान बरामद गरेको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बसपार्क र ६ नम्बर वडा ऐपुरबाट अन्दाजी चार लाख १८ हजार पाँच सय ९० मुल्य बराबरको भन्सार छलिको सामान बरामद गरेको छ।

प्रहरीले ईन्जन तेल, जिम पाउण्डर, सिल्भर कडाई,फ्राईबिन,डेक्ची, चिनी, तेल, बिडी, चुरा, प्याज, गुड, पेय पदार्थ, पशु आहार लगाएतका सामान बरामद गरेको हो।

बरामद गरेको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।

ताजा समाचार

सम्बन्धित समाचार