कञ्चनपुर कृष्णपुरको बनहरा नदीको बगरमा तरकारी खेती

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको बनहरा नदीको बगरमा तरकारी खेती गरी करिब ९० परिवारले घर व्यवहार चलाएका छन् ‌। नदीको बगरमा किसानहरूले बगरखेती करिब ६-८ महिना गर्ने गरेका छन्।

बगरखेती गरेरै घरखर्च धानि रहेका कृष्णपुर-२ का मञ्जु चौधरीले भने ‘हामी करिब ९० परिवारले ६ समूह बनाएर बगर खेती गरी रहेका छौं। बगरखेतीमा तरकारीलाई विशेष प्राथमिकतामा राखेर हामीहरु खेती गरिरहेका बताए’। उहाँले भने ‘ स्थानीय सरकारले केहीँ सहयोग गरेता पनि अन्य सरकार र सम्बन्धीत निकायले ध्यान नदिएको अवस्था छ।

हामीलाई सिँचाइको लागि तत्काल बोरिङ र बजार ब्यवस्थापनको आवश्यकता रहेको बताए। हामी रात दिन नभनि मेहनत गरेर खेति गर्छौं, बजार ब्यवस्थापन र भण्डारणको समस्याले लाखौंको उत्पादन खेर गएर दुस्ख भोग्नु परिरहेको अर्का बगर खेती किसान नन्दलाल रानाले बताए ।

त्यस्तै, सोही बगरमा खेती गरेर घर व्यवहार चलाइरहेकी कल्पना चौधरीको भने फरक अनुभव छ । उनी भन्छिन् ‘ बगर खेतीले निकै राहत पुगाएको छ । आफुले सिजनमा २-३ लाख सम्म आम्दानी गर्ने गरेको र आर्थिक अवस्था केही हदसम्म भए पनि सुधार भएको बताइन्। हामीले बगर खेती गरी रहेका छौं , उचित भण्डारण, बजार ब्यवस्थापन र अत्याधुनिक सिँचाइको व्यवस्थापन गरी दिनुपर्ने बनहरा नदीको किनारमा बगर खेती गरिरहेका सम्पूर्ण किसानको माग रहेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार