Saturday, July 27, 2024

कञ्चनपुरबाट एक लाख बढीको भन्सार छलीको सामान बरामद

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरबाट प्रहरीले एक लाख बढीको भन्सार छलीको सामान बरामद गरेको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० बाट अन्दाजी एक लाख दुई हजार सात सय ४६ मुल्य बराबरको सामान बरमद गरेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

कपडा, लेडिज सुट, कुर्ती, लेडिज टि–सर्ट, जुत्ती, चप्पल, चुन्नी, क्रिम पाउडर, कालोपोल्थिन, चिनि, मिश्री, चामल, जिरा, मटर, हार्डवेयरका सामान लगाएत बिजुलीका सामान बरारमद गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ।

त्यस्तै भीमदत्त–६ शिवमन्दिरबाट पनि अन्दाजी ३१ हजार सात सय ५८ मुल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गरिएको सामान कारबाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको छ।

ताजा समाचार

सम्बन्धित समाचार