महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० लाई ज्ञापन पत्र बुझाएको छ ।आइतबार कञ्चनपुर महेन्द्रनगरमा आएका प्रधानमन्त्री प्रचण्डलाई उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको हो ।
![वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/22fd5bae-c175-49e7-8e38-cc351ae8f5e6.jpg)
कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रसाद बोहराले जिल्लामा रहेका औद्योगिक क्षेत्रको वृद्धि विकास र उद्योगी व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको बताए ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2022/11/harikrishna-traders-suppliers.gif)
महासचिव बोहराले जिल्लामा सञ्चालनमा रहेका दैजी छेला औद्योगिक क्षेत्र, सुक्का बन्दरगाह सहितका औद्योगिक क्षेत्रको योजना अघि बढाउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गरेको बताए । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीका समस्यामा समाधान गर्ने तर्फ सरकार लागि परेको बताए ।
![](https://nigaranikhabar.com/wp-content/uploads/2024/01/NNSWA.jpg)