Saturday, July 27, 2024

नगरपालिका-१८ ले जेष्ठ नागरिकहरुलाई पठायो धार्मिक यात्रामा

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ ले जेष्ठ नागरिकहरुलाई धार्मिक यात्रामा पठाएको छ । आईतवार एक कार्यक्रमको आयोजना गर्दै वडा कार्यालयले ४१ जना जेष्ठ नागरिकहरुलाइ विदाई गरेको छ । महाकाली नदीको जल कोशलिगेर मिसाउने कार्यक्रम पनि रहेको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

हाम्रो धर्म संस्कृतिको पहिचान, जेष्ठ नागरिकहरुको सम्मान भन्ने मुल नारा बोकेर जेष्ठ नागरिकहरु महाकुम्भ तिर्थ यात्रा चतराधाम बराह क्षेत्र, सुनसरी रुपेन्दहीको दुर्गा मन्दिर कोटिहवा, देवघाट, नवपरासीमा रहेको मौला कालिकामा भ्रमण गर्ने भीमदत्त नगरपालिकाका १८ का वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले जानकारी दिनुभयो । यसैगरी, लुम्बीनी क्षेत्र, जनकपुरधाम, र चताराधाममा कुम्भ स्नान गर्ने र अन्य विभिन्न धार्मीक स्थलहरुको भ्रमण रहेको उहाँले जानकारी दिनु भयो ।

साथै उहाँले भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडाले यस्तो कार्यक्रमको आयोजना गर्नुपर्ने बताउनु भयो । मानसिक रुपमा पनि ताजापन दिने अन्तर मनबाट पनि खुसी हुने खालका यस्ता कार्यक्रमहरु आयोजना गरेको प्रती जेष्ठ नागरिकहरु खुसी भएको राष्टिय जेष्ठ नागरिक समाज नेपाल सुदूरपश्चिम प्रदेशका सहसचिव हरी सिंह भण्डारीले बताउनु भयो ।

साथै उहाँले वडा कार्यालयलाई धन्यवाद पनि व्यक्त गर्नु भयो उहाँले जेष्ठ नागरिकहरुको मुहारमा खुसी दिने साथ र सहयोग गर्ने यस्ता कार्यक्रम आगामी दिनमा पनि संचालन गर्न आग्रह गर्नु भयो । यस्तै, जेष्ठ नागरिक संरक्षण युवा समितिका संयोजक पुरोषत्तम अर्यालले यो कार्यक्रममा स्वास्थ्यकर्मी सहित उहाँहरुको रेखदेख गर्ने, उहाँहरुलाई कुुल फिर्ता ल्याउनका लागी यो आफनो टिम रहेको बताउनु भयो । यो तिर्थयात्रा १ हप्ता रहने पनि उहाँले जानकारी दिनु भयो ।

ताजा समाचार

सम्बन्धित समाचार