Saturday, July 27, 2024

मझगाउ बिमानस्थलको निर्माण कार्य कुनै हालतमा पनि रोकिँदैन:प्रधानमन्त्री दाहाल

प्रकाशित:

महेन्द्रनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल९प्रचण्ड० ले मझगाउ बिमानस्थलको निर्माण कार्य कुनै हालतमा पनि नरोकिने बताउनु भएको छ । आईतवार मझगाँउ विमानस्थल पुनः संचालन समितिले कञ्चनपुरको विमानस्थल सुचारुको माग अघि सार्दै प्रधानमन्त्री दाहाललाई ज्ञापन पत्र बुझाईएको छ । कञ्चनपुरको महेन्द्रनगर आउनु भएका प्रधानमन्त्री प्रचण्डलाई समितिले ज्ञापन पत्र बुझाएको मझगाँउ विमानस्थल पुनः संचालन समितिका सदस्य राजेन्द्र चन्दले बताउनु भयो ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

मझगाँउ विमान स्थल निर्माण शुरु भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सेनाले अहिले अवरोध गरिरहेकाले निर्माण कार्य अवरोध भएको बताउनु भयो । मझगाँउ विमानस्थल पुनः संचालन समितिका संयोजक रमेश बहादुर चन्दले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन् । ०३० सालदेखि ०५६ साल २६ बर्षसम्म संचालनमा आएको विमान स्थल सरकार सुरक्षाको कारण देखाएर ०६५ सादेखि बन्द गरेको थियो ।

बिमानस्थल निर्माणका लागि तीनै सरकारको संयुक्त साझेदारीमा बन्नेछ । ५० प्रतिशत संघीय र ५० प्रतिशत पालिका प्रदेश सरकारको लगानीमा बिमानस्थल निर्माण हुनेछ । गरिक उड्डयन प्राधिकरणले भौतिक संरचना निर्माणका लागि ४५ करोड ६६ लाख बजेट विनियोजन गरि ठेक्का सम्झौता समेत गरेको छ । निर्माणको जिम्मा कान्छाराम केएस जेभी निर्माण सेवाले पाएको छ ।

विमानस्थल पुनःनिर्माणका लागि संघ सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत र दोधाराचाँदनी नगरपालिकाको १० प्रतिशत लगानी रहनेछ। २०६५ सालमा मझगाउँ विमानस्थल बन्द भएको थियो । विमानस्थल बन्द हुनुअघि यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो । त्यतिबेला सातामा एक पटक काठमाडौं पनि उडान हुने गरेको स्थानीय बताउँछन् । सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो ।

 

ताजा समाचार

सम्बन्धित समाचार