प्रदेश सभापति बलायर संग नेपाली काँग्रेसको क्षेत्रीय कार्यक्रम हुँदै

प्रकाशित:

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सभापति पुर्ब मन्त्री प्रतिनिधि सभा सदस्य माननीय साँसद बीरबहादुर बलायर संग नेपाली काँग्रेस क्षेत्र न।४ कैलालीको क्षेत्रीय कार्यसमितिले जनप्रतिनिधि र पार्टीका प्रतिनिधि बिच छलफल तथा भेटघाट कार्यक्रम तय गरेको छ ।

नेपाली काँग्रेस कैलाली क्षेत्र न। ४ का सभापति बसन्त रोकाया९ललित० का अनुसार यहि बैशाख १० गते सोमबारका दिन पार्टीको क्षेत्रीय कार्यालय रहेको अत्तरियामा बिहान ७स्३० देखि कार्यक्रम हुने बताउनु भएको छ । पार्टीका सबै तहका पदाधिकारी र सबै तहका जनप्रतिनिधिलाई एउटै ठाउँमा राखेर अन्तरक्रिया छलफल गर्ने कार्यक्रम रहेको रोकायाले बताउनु भयो ।

कैलाली क्षेत्र न।४ बाट प्रतिनिधि सभा सदस्य बन्नु भएका प्रदेश सभापति बलायरको कार्यब्यस्तताका कारण कैलाली क्षेत्र न।४ का सबै जनप्रतिनिधि र क्षेत्रीय कार्यसमिति , क्षेत्र प्रदेश सभा कार्यसमिति , नगरपालिका , गाउँपालिका र वडा कार्यसमितिका सबैलाई एउटै ठाउँमा कार्यक्रम तय भएको बलायरको सचिबालयले जनाएको छ ।

यहि बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा बझाङ क्षेत्र न।१ ९ १० मा नेपाली काँग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहलाई जिताऔं अभियानका लागि बझाङ पुग्नु भएका बलायर बझाङ हुँदै डडेल्धुरा र डोटीका कार्यक्रम सकेर आईतवार मात्रै कैलाली पुग्ने कार्यक्रम रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार