Sunday, May 19, 2024

कञ्चनपुरमा स्कुटर दुर्घटना हुदाँ दुई जना घाइते

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । शुक्रवार दिउँसो जिल्लाको भीमदत्त नगरपालिका-२ भाँसी ब्यारेल नजिक सुपप्र ०२००४ प १९२६ नम्बरको स्कुटर दुर्घटना भएको हो ।

दुर्घटनामा स्कुटर चालक भीमदत्त ३ बस्ने अन्दाजी २८ वर्षीया निलम अवस्थी र पछाडि सवार वेदकोट नगरपालिका(८ का २२ वर्षीय अकबर चौधरी घाइते भएका प्रहरीले बताएको छ ।

उनीहरु दुबै जनाको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए । उनले स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको बताए ।

ताजा समाचार

सम्बन्धित समाचार