Saturday, July 27, 2024

सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहबाट ३७६ विद्यार्थी दीक्षित हुँदै

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम विश्वविद्यालयले वैशाख दोस्रो साता चौथो दीक्षान्त समारोह गर्ने भएको छ। सुदूरपश्चिम विश्वविद्यालयले आगामी आइतवार बैशाख ९ गते चौथो दीक्षान्त समारोह गर्न लागेको हो।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षा नियन्त्रक अनुराधा रोकायाले कुल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने बताइन्।

‘हामीले यसपटक अनलाइन पनि फारम संकलन गरेका थियौँ,’ ‘उनले भने, ‘स्थानीयस्तरमै नभएका बाह्य क्षेत्रमा रहेका विद्यार्थीको सहजताका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेका थियौँ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को अध्यक्षतामा हुने कार्यक्रममा कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावतको प्रमुख आतिथ्य हुनेछ।

उक्त दीक्षान्त समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसहित सहभागिता हुनेछन्। सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्णबहादुर थापाले यसपटकको दीक्षान्त समारोह समयमै हुने बताए।

ताजा समाचार

सम्बन्धित समाचार