Sunday, May 19, 2024

आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

प्रकाशित:

महेन्द्रनगर । बेलडाँडी पनि पाँच वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइदै छ । आज र भोली राष्ट्रिय कार्यक्रम अनुसार नै बेलडाँडी पनि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइन लागेको स्वास्थ्य कार्यालय बेलडाँडीका स्वास्थ्य शाखा अधिकृत माधवानन्द भट्ट ले जानकारी दिए ।

६ महिना देखि ५९ महिना सम्मक२हजार २२सय बालबालिकाहरु लाई भिटामिन ए क्यापसुल र १ देखि ५ वर्षमुनिका १६ सय१ बाललबालिकाहरु लाई जुकाको औषधी खुवाइन लागेको उनले बताए ।

स्वास्थ्य कार्यालयले बेलडाँडी ले आफ्ना बालबालिकालाई महिला स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन आग्रह गरेको छ। भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियानका लागि जिल्ला भित्र स्वयंसेविका उनी परिचालन गरिएका बताइएको छ ।

बच्चाको पेटमा जुका परेपछि रक्त अल्पता हुनुका साथै कुपोषण हुने र भिटामिन ‘ए’ को कमीले बच्चाले आँखा नदेख्ने भई रतन्धो हुने भएकाले उक्त रोगहरुबाट बचाउनका लागि बच्चालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागेको हो। यस बेलडाँडी गाउँपालिका भरिका ५०महिला स्वयमंसेविका परिचालन गरिने भएको छ । महिला स्वयंसेविकाले प्रत्येक स्थानीय तहका वडाका टोलमा तोकिएका केन्द्रबाट औषधि खुवाउने जनाइएको छ ।

नजिकैको वडा कार्यालय वा भिटामिन ‘ए’ खुवाउने केन्द्र वा महिला स्वयंसेविका सँग सम्पर्क राखी भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन स्वास्थ्य कार्यालय, बेलडाँडी गाउँपलीका अनुरोध गरेको छ । हरेक छ÷छ महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै आएको छ

ताजा समाचार

सम्बन्धित समाचार