झलारीमा रहेको जगदम्वा आईसक्रिम उद्योग सिल

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले अनजुगमन गरेको छ । कैलालीको संयुक्त अनुगमन टोलीले शुक्लाफाँटा नगरपालिका– १० झलारीमा अनुगमन गर्दा जगदम्वा आईसक्रिम उद्योगलाई सिल गरेको छ ।

अनुगमन तथा निरिक्षण गर्ने क्रममा अखाद्य रसायन स्याकरिन ५०० ग्राम, उपभोग्य अवधि समाप्त भएका फ्लेवर ५०० ग्राम,श्रोत नखुलेका विभिन्न प्याकिङ साइजका रंगहरू र खाद्य ऐन नियम अनुज्ञापत्र नलिई उद्योग संञ्चालन गरेको भेटिएकोले जगदम्वा आईसक्रिम उद्योग शिल गरिएको निमित्त कार्यालय प्रमुख हरीसिंह बोहराले जानकारी दिनु भयो । यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी कैलालीले आर्थिक बर्ष २०८०÷०८१ को तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ ।

कार्यालयमै आयोजना गरिएको पत्रकार सम्बेलनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी र मातहतका कार्यालयले २०८० श्रावण देखी चैत्रसम्म गरेको कार्य प्रगतीबारे जानकारी गराइएको हो। कार्यालयले तेस्रो त्रैमासिक अवधिमा ७२ वटा खाद्य उद्योगको दर्ता प्रकृयाका लागि सिफारिस आएकोमा ६७ वटा खाद्य उद्योग, तीन दाना उद्योग गरी ७० वटा खाद्य उद्योगलाई अनुज्ञापत्र नवीकरण गरिएको छ ।

र २४ वटा खाद्य १ दाना उद्योगको अनुज्ञापत्र नयाँ जारी गरेको छ भने १८५ पटक खाद्य तथा १० पटक उद्योगको संयुक्त अनुगमन निरीक्षण समेत गरेको छ । यस अवधिमा संवेदनशील खाद्य पदार्थ दूध, तेल, पानी उत्पादन गर्ने उद्योगको ८६ पटक अनुगमन निरीक्षण गरी खाद्य स्वच्छता कायम राख्ने गरी आवश्यक निर्देशन समेत दिइएको निमित्त कार्यालय प्रमुख हरीसिंह बोहराले जानकारी दिए । बजारमा विक्री हुने र होटल रेस्टुरेन्टमा तयार गरिने खाद्य पदार्थको स्वच्छता र गुणस्तर नियमन गर्न खाद्य बजार अनुगमन गर्ने गरिएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकमा खाद्य निरीक्षण र संयुक्त अनुगमन टोलीले २१८ पटक खाद्य बजारहरूको अनुगमन गरिएको र १५१ पटक होटल रेस्टुरेन्टहरूमा अनुगमन गरिएको कार्यालयले जनाएको छ । सो अवधिमा ११३ वटा फर्महरूबाट विभिन्न प्रतिकूल खाद्य पदार्थ आठ लाख ४२ हजार ५४६ मूल्य बराबरको २४ सय २ किलोग्राम लिटर जफत गरी नष्ट समेत गरेको छ ।

यस्तै खाद्य प्रविधिले खाद्य तथा दाना नमुना संकलन उद्योग, बजार तथा होटल रेस्टुरेन्ट अनुगमन गर्ने क्रममा ७७ वटामा नमुना संकलन गरी कारबाही प्रकृया अघि बढाइएको छ । यसै गरी तीन वटा डिभिजन कार्यालयबाट खाद्य ऐन बमोजिमका जम्मा १७१ वटा नमुना संकलन गरी कारबाही प्रकृया अघि बढाइएको कार्यालयले जनाइएको छ । कार्यालयले खाद्य तथा दाना नमुना विश्लेषणमा तेस्रो त्रैमासिक अवधिमा खाद्य तथा दाना अनुज्ञपत्र तथा नवीकरण संकलित ९८२, अनुरोध भई आएका ८८, बजार अनुगमनमा ९७ र अनुसन्धानात्मक ३६६ गरी जम्मा १५३३ वटा खाद्य तथा दाना नमुनाहरूको विश्लेषण गरिएको कार्यालयले जनाएको छ ।

खाद्य तथा दाना ऐन अनुरूप कारवाहीमा गत आर्थिक वर्षमा लगत सरि आएका २१ वटा रहेका छन् भने तेस्रो त्रैमासिकमा कैलाली, कञ्चनपुरका १५ वटा अदालतमा मुद्दा दर्ता भएको कार्यालयले धनगढीका निमित्त कार्यालय प्रमुख बोहराले बताएका छन् ।

 

ताजा समाचार

सम्बन्धित समाचार