महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न फेरि समय दिएका छन्। यसअघि मुख्यमन्त्रीमा दुई जना सांसदले दाबी पेस गरेका थिए।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले फरक(फरक गठबन्धनबाट दाबी पेस गरे पनि दुवै दाबीमा निष्कर्षमा पुग्न नसकिएको भन्दै प्रदेश प्रमुख मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्न मंगलबार फेरि समय दिएका छन्।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि स्पष्ट दाबीसहित वैशाख ६ गते अपराह्न ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन्।



