अवैध सालको काठ बरामद

प्रकाशित:

धनगढी । कैलालीमा अवैध सालको काठ बरामद गरिएको छ। जिल्लाको कैलारी गाउँपालिका–५ सडकपुरबाट गोरु गाडासहित ५८।०३ क्युफिट सालको काठ बरामद गरेको प्रहरीले जनाएको छ।

हिजो राति करिब २ः४५ बजेतिर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। मानिस भने फरार रहेको प्रहरीले जानकारी दिएको छ। बरामद गरेको काठसहित गोरु गाडालाई प्रहरीले सब डिभिजन वन कार्यालय बसन्ताको जिम्मा लगाएको जनाएको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार