महेन्द्रनगर । कञ्चनपुरबाट साढे तीन ग्राम खैरोहेरोइनसहित २ जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१८ का गौरव विक्रम थापा र बेदकोट नगरपालिका–७ का लोकेन्द्र भण्डारी लागुऔषधसहित पक्राउ परेका हुन्।

उनीहरुको साथबाट प्रहरीले तीन दशमलव ५९ ग्राम खैरोहेरोइन बरामद गरेको छ। उनीहरूलाई जिल्ला अदालत, कञ्चनपुरबाट सात दिनको म्याद थपेर थुनामा राखिएको छ। जिल्ला प्रहरी, कञ्चनपुर र लागुऔषध ब्युरो शाखा महेन्द्रनगरको समूहले उनीहरूलाई पक्राउ गरेको हो।



