होटलमा आगलागी हुदाँ दुईवटा मोटरसाइकल जलेर नष्ट

प्रकाशित:

बाजुरा । बाजुराको एक होटलमा आगलागी भएको छ । जिल्लाको बडीमालिका नगरपालिका–६ नुनेपानीका उमेशबहादुर कार्कीको होटलमा सोमबार राति आगलागी भएको हो ।

आगलागीबाट होटलभित्र रहेका सम्पुर्ण सरसमान र मोटरसाइकल २ थान समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको पूर्ण विवरण भने आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार