उच्च अदालत दिपायलका रजिस्ट्रार भ्रष्टाचारी ठहर

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिमस्थित उच्च अदालत दिपायलका रजिस्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। आइतबार विशेष अदालतले रजिस्ट्रार रणबहादुर कटवाललाई रकम हिनामिना गरेको भन्दै भ्रष्टाचारी ठहर गरेको हो।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र रामबहादुर थापाको इजलासले कटवाललाई ९ महिना कैद र चार लाख ९८ हजार रुपैयाँभन्दा बढी जरिवाना तोकेको हो।

कटवालले श्रीमतीको नाममा काल्पनिक कागजात तयार गरी हलुका सवारीचालक र कम्प्युटर अपरेटरका रूपमा करारमा राखी त्यसबापत पारिश्रमिक भुक्तानी लिने प्रयास गरेका थिए। त्यसक्रममा एक लाख १२ हजार रुपैयाँका लागि लेखा शाखामा प्रस्तुत गरेको भेटिएको थियो।

साथै, विभिन्न शीर्षकमा उनले अदालतबाट झन्डै पाँच लाख रुपैयाँ हिनामिना गरेको भेटिएको थियो। त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ भदौमा मुद्दा दायर गरेको थियो। महेन्द्रनगरपोष्टबाट साभार

 

ताजा समाचार

सम्बन्धित समाचार