नदीमा मृत भेटिएकी महिलाको फेसबुकको अन्तिम स्टाट्स-‘हाम फालेको र घरको जिम्मा भाङ खुवाउनेले लिनुपर्छ’

प्रकाशित:

बाजुरा । बाजुरा त्रिवेणी नगरपालिका बुढीगंगा नदीमा मृत भेटिएकी महिलाले आफ्नो हाम फालेको र घरको जिम्मा भाङ खुवाउनेले लिनुपर्ने उल्लेख गरेकी छन् । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर २ सिम्ला की अन्दाजी ३९ बर्षीय जानकी न्यौपाने हाम फालेको प्रहरीले जनाएको छ ।

शनिबार विहान मृतक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । मृतक महिला गाउँ सिम्लाबाट बुढीगंगा नदीमा हिडेर पुग्न करिव चार घण्टा लाग्छ । शुक्रबार महाशिवरात्रिका साथै नारी दिवस पनि परेको थियो । मृतक महिला उनको गाउँ सिम्लामा नै नारी दिवस मनाउने कार्यक्रममा समेत सहभागि भएको आफन्तले जनाएका छन् । शुक्रबार नै उनको घरमा छोराका विवाहको भोज समेत रहेका जनाएको छ ।

शनिबार विहान मर्नु अगाडि पारिवारका सदस्य सहितको फोटा पोस्ट्याउँदै उनले स्टाट्समा लेखिकी छन् । ‘हिजो माहिला छोरोको पार्टी भयो । अनि दिउसो सबै इस्टमित्र नारी दिवस हेर्न गए र दिउसो नास्ता भनी भाङ पकौडा खुवायो । खुवाएपछि म धेरै पागल भएर सहन नसकी मौरेको पुलको बीचमा ठूलो ढँुगा माथि मोवाइल छ । मैले भने नदिमा हामफाले । यो घरको जिम्मा भाङ खुवाउनेले लिनुपर्छ ।’ प्रहरीले शनिबार विहान करिव ७ बजे तिर हाम फालेको दावी गरेको छ । उनले आफ्नो फेसबुकमा विहान ५ बजेको समयमा स्टाट्स पोष्ट गरेकी छन् । शुक्रबार राति घरमा नै रहेको हुँदा कति वेला मौरे पुगिन् भन्ने परिवारले आसंका व्यक्त गरेका छन ।

उनले लेखेको स्टाट्समा भने जस्तै प्रहरीले बुढीगंगाको ढुंगामा मोबाइल र चप्पल भेटाएको जनाएको छ ।
मृतक महिलाको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको प्रहरी निरीक्षक भण्डारीले जनाएको छन । उनको आफन्तहरु धनगढीबाट आईरहेको हुँदा पोष्टमार्टम भोली अर्थात आईतबार मात्रहुने भण्डारीले जनाए । मृतक महिला सिम्लामा रहेको पार्वती माध्यमिक विद्यालयकी कर्मचारी समेत रहेकी थिईन् । उनका दुई छोरा र दुई छोरी गरी चार वटा सन्तान रहेका छन् । उनको श्रीमानको ५ बर्ष अगाडि मृत्यु भईसकेको जनाएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार